संगठन विकास शाखाको कार्य विवरण

  • संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्ने,
  • नेपाल सरकारको कार्यालयहरूको संगठन तथा कार्यविधिमा प्रभावकारिता ल्याउन आवश्यकता अनुसार अध्ययन गरी प्रतिवेदन तयारी गरी कार्यान्वयन गर्ने,
  • नेपाल सरकारका मन्त्रालय, विभाग लगायतका विभिन्न केन्द्रीयस्तरका निकायहरूका साथै इकाइस्तरका संगठनहरूको संगठनात्मक सुधार सम्वन्धी कार्य गर्ने,
  • विभिन्न निकायलाई संगठन तथा व्यवस्थापन सम्वन्धी राय परामर्श उपलव्ध गराउने,
  • नेपाल सरकार तथा संवैधानिक अंगहरूका लागि आवश्यक दरवन्दीहरू सृजना तथा खारेज गर्न मन्त्रालय तहवाट सहमति तथा स्वीकृति दिने,
  • नेपाल सरकारवाट संचालित अस्थायी प्रकृतिका आयोजनाहरूमा आवश्यक अस्थायी दरवन्दी सृजना गर्ने वैठकमा भाग लिने, सिफारिश गर्ने तथा प्रमाणित गर्ने,
  • विभिन्न सरकारी निकायहरूको लागि मौजुदा स्थायी दरवन्दी सम्वन्धी नीति, मापदण्ड तथा आधार तयार गर्ने,
  • सेवा, समूह विभाजनको कार्यमा सुधारको लागि आवश्यक अध्ययन अनुसन्धान गरी प्रतिवेदन पेश गर्ने,
  • आवश्यकता अनुसार नयाँ सेवा समूहहरूको गठन र अनावश्यक सेवा, समूहहरूको खारेज गर्ने सम्वन्धमा सुझाव दिने,
  • निजामती सेवाका सबै पद तथा पदाधिकारीहरूको लागि कार्य विवरण सम्बन्धित मन्त्रालयवाट तयार गराई अद्यावधिक गर्ने,
  • विशेष पद र विशेषज्ञ पद लगायत निजामती सेवाका अन्य विविध पदहरू सृजना र खारेज सम्वनधमा कारवाही गर्ने,
  • पद नाम निर्धारण गर्ने र परिवर्तन गर्न सिफारिस गर्ने,
  • विभिन्न सेवा,समूह सञ्चालन गर्ने मन्त्रालयबीच समन्वय गर्ने, गराउने कार्य।