प्रशासन सुधार शाखाको कार्य विवरण
- व्यवस्थापन परीक्षण सम्वन्धी कार्य गर्ने र सो को बार्षिक प्रतिवेदन नेपाल सरकार समक्ष पेश गर्ने,
- नेपाल सरकारका विभिन्न निकायहरूको सेवाग्राही सन्तुष्टी सर्वेक्षण गरी वार्षिक प्रतिवेदन तयार गर्ने,
- निजामती सेवा ऐन तथा नियमावली बमोजिम अध्ययन, अध्यापन, लेखापरीक्षण व्यवसाय लगायतका काम गर्न विभागीय स्वीकृति दिने सम्वन्धी कार्य,
- उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिको सचिवालयको रुपमा काम गर्ने,
- शासकीय सुधार तथा प्रशासन सुधार सम्वन्धी कार्यहरू कार्यान्वयन साथै सो को अनुगमन तथा मूल्याङ्कन गर्ने,
- प्रशासन सुधार सम्वन्धी विविध अध्ययन, अनुसन्धान गर्ने,
- निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन लगायत संघ तथा संगठन सम्वन्धी कार्यहरू,
- शासकिय खबर पत्रिका/प्रशासन पत्रिका प्रकाशन गर्ने,
- तलव भत्ता पुनरावलोकन समिति सम्वन्धीको सचिवालयको रुपमा कार्य गर्ने,
- निजामती सेवामा समावेशीकरण सम्वन्धी कार्य गर्ने,
- प्रशासन सुधार सम्बन्धमा अन्तरराष्ट्रिय सम्पर्क शाखाको रुपमा कार्य गर्ने,
- नेपाल सरकारका निकायहरूबाट प्रवाह हुने सेवाको मापदण्ड तयार गर्ने तथा सार्वजनिक सेवा प्रवाहको अनुगमन तथा मूल्याङ्कन गर्ने,
- सेवा निवृत्त विशिष्ट श्रेणीका कर्मचारीहरूको कार्यकारी परिषद्को सचिवालयको रुपमा कार्य गर्ने,
- सेवा प्रवाह सहजकर्ता परिचालन सम्बन्धी कार्य गर्ने,
- कुनै खास बिषयमा अधिकार प्राप्त अधिकारीले तोकेको काम सम्पन्न (भ्रमण, बैठक, अध्ययन, अनुसन्धन,आदि) भैसकेपछि सम्बन्धित महाशाखा प्रमुखलाई सम्बोधन गरी प्रतिवेदन गर्ने,गराउने।