सङ्घीय तथा प्रादेशिक कर्मचारी प्रशासन शाखाको कार्य विवरण

  • नेपाल प्रशासन सेवा, नेपाल आर्थिक योजना तथा तथ्याङ्क सेवा, नेपाल विविध सेवा र नेपाल इन्जिनियरिङ्ग सेवाको सर्भे समूहको सञ्चालन सम्वन्धी कार्य,
  • कर्मचारीहरुको सरुवा, बढुवा, नियुक्ति, पदस्थापन र काज सम्बन्धी कारवाही उठान गर्ने र निर्णय कार्यान्वयन गर्ने/गराउने,
  • दण्ड सजाय, प्रोत्साहन पुरस्कार, राजिनामा र अन्य कर्मचारी प्रशासन सम्बन्धी विषयहरुको आधिकारिक राय सहित पेश गर्ने र निर्णय कार्यान्वयन गर्ने/गराउने,
  • कर्मचारीरुको दण्ड सजाय, प्रोत्साहन, पुरस्कार, राजिनामा तथा विभागीय कारवाही सम्बन्धी कार्य गर्ने,
  • राजनीतिक नियुक्ति सम्बन्धी प्रारम्भिक कारवाही उठान गर्ने र निर्णय कार्यान्वयन गर्ने/गराउने,
  • बढुवाको लागि सिफारिस भएका राजपत्रांकित कर्मचारीका बढुवा नियुक्ति र पदस्थापन सम्वन्धी कार्य,
  • निजामती कर्मचारी प्रशासन सम्वन्धमा अपनाउने नीति निर्धारणको प्रारम्भिक कारवाही सम्वन्धी कार्य,
  • लोक सेवा अयोगवाट सिफारिस भै आएका उम्मेदवारहरूको नियुक्ति र पदस्थापना सम्वन्धी,
  • अतिरिक्त समूहमा रहेका कर्मचारीहरूको व्यवस्थापन सम्वन्धी कार्य,
  • निजामती सेवाका कर्मचारीहरूको अन्तर मन्त्रालय सरुवा, सरुवा सहमती र काज सिफारिस सम्वन्धी कार्य,
  • फाजिलमा रहेका कर्मचारीहरूको व्यवस्थापन गर्ने,
  • निजामती कर्मचारीहरूको विभागीय सजाय र दण्ड सम्वन्धी कार्य,
  • निजामती सेवामा कार्यरत राजपत्रांकित कर्मचारीहरूको सेवा,समूह,उपसमूह परिवर्तन सम्वन्धी सिफारिस लोक सेवा आयोगमा पठाउने,
  • प्रशासकीय अदालतको सम्पर्क शाखाको रुपमा कार्य गर्ने,