आर्थिक प्रशासन शाखाको कार्य विवरण
- मन्त्रालयको स्वीकृत बजेट निकासा लिई खर्च, लेखाङ्कन तथा प्रतिवेदन गर्ने,
- मन्त्रालयको लेखा अद्यावधिक गर्ने र स्रेस्ता सुरक्षित राख्ने,
- मन्त्रालयको वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा सम्वन्धी कार्यमा अन्य महाशाखा/शाखासँग समन्वय गरी आवश्यक कार्य गर्ने,
- स्वीकृत बजेट तथा कार्यक्रम कार्यान्वयन सम्बन्धमा राय तथा परामर्श प्रदान गर्ने,
- लेखापरीक्षण गराउने तथा बेरुजू फर्छयौट सम्वन्धी कार्य गर्ने,
- स्थानीय तहको लेखापरीक्षण र बेरुजू फर्स्यौट कार्यमा सहजीकरण तथा समन्वय गर्ने,
- स्थानीय तहको आन्तरिक नियन्त्रण प्रणालीको विकास र कार्यान्वयनमा सहजीकरण गर्ने,
- स्थानीय तहका पदाधिकारी तथा कर्मचारीलाई आर्थिक प्रशासन सम्बन्धमा अभिमुखीकरण, प्रशिक्षण तथा सहजीकरण गर्ने,
- अधिकार प्रत्यायोजन भए बमोजिमका कार्य गर्ने गराउने,
- प्रचलित आर्थिक कानूनद्वारा निर्दिष्ट गरिएका कार्य गर्ने।