बढुवा व्यवस्थापन शाखाको कार्य विवरण

  • केन्द्रीय निकायमा कार्यत राजपत्र अनंकित पदहरूमा बढुवाका लागि नेपाल प्रशासन सेवा¸ नेपाल विविध सेवा¸ नेपाल आर्थिक योजना तथा तथ्याङ्क सेवाका कर्मचारीहरूको बढुवाका लागि दरखास्त फाराम बुझ्ने र बढुवा सम्वन्धी काममा सहजीकरण गर्ने,
  • राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव वा सो सरहको पद रिक्त भएको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त भई रिक्त पदमा लो.से.आ.बाट प्रतिशत निर्धारण भई आए अनुसार पद रिक्त भएको पन्ध्र दिनभित्र ज्येष्ठता र कार्यकुशलताको आधारमा उम्मेदवार सिफारिस गर्न बढुवा समितिको बैठकका लागि आवश्यक समन्वय र सहजीकरण गर्ने,
  • लोक सेवा आयोगको वार्षिक कार्यतालिका अनुसार प्रकाशित बढुवा सूचना र सो अनुसार लोक सेवा आयोगबाट प्राप्त हुने दरखास्त फाराम अनुसार सम्भाव्य उम्मेदवार कायम गरी रिक्त राजपत्राङ्कित पद र राजपत्र अनंकित पदमा बढुवाका लागि उम्मेदवार सिफारिस गर्न बढुवा समितिलाई समन्वय र सहजीकरण गर्ने,
  • बढुवा समितिहरूको बैठकका लागि बैठकको अध्यक्षता गर्ने लोक सेवा आयोगका माननीय अध्यक्ष/सदस्य र बढुवा समितिका सदस्य सचिवसँग आवश्यक समन्वय गरी बढुवा समितिको वैठक आयोजना गर्ने,
  • लोक सेवा आयोगका अध्यक्षले तोकेका विशेषज्ञ सदस्यहरूलाई बढुवा समितिको बैठकमा उपस्थितिका लागि आवश्यक समन्वय र सहजीकरण गर्ने,
  • बढुवा समितिबाट बढुवाको लागि सिफारिस भएका कर्मचारीहरूको नाम प्रकाशित गर्ने,
  • बढुवा हुने कर्मचारीहरूको नियुक्तिको लागि बढुवा सिफारिस पत्र जारी गर्ने,
  • बढुवा सिफारिस उपर परेका उजुरी सम्बन्धमा लोक सेवा आयोगबाट माग भई आए अनुसार राय/प्रतिक्रिया पठाउने,
  • बढुवा सम्वन्धी मुद्धाका सम्बन्धमा विभिन्न अदालतहरूमा जवाफ/प्रतिक्रिया पठाउने,
  • बढुवा सम्वन्धी मामिलामा राय परामर्श दिने,
  • अन्तिम मूल्याङ्कन सम्पन्न भई प्राप्त का.स.मू. फारामहरू बुझ्ने,
  • प्राप्त का.स.मू. फारामहरू कम्प्युटर प्रविष्ट गर्ने¸ सेवा समूह अनुसार वर्गीकरण गर्ने र व्यक्तिगत फायलमा राख्ने,
  • बढुवा समितिको सचिवालय (भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय) सँग असम्बन्धित सेवा,समूह,उपसमूह,श्रेणी र पदसँग सम्वन्धित का.स.मू. फारामहरू प्राप्त भएको देखिएमा सम्वन्धित निकायमा फिर्ता पठाउने,
  • बढुवा सिफारिस भएका उम्मेदवारहरूको का.स.मू. फारामहरू राखिएका सिलवन्दी खामहरू सुरक्षित भण्डारण गर्ने,
  • अनिवार्य अवकाश भएका र स्वेच्छिक रुपमा सेवाबाट राजिनामा दिएका कर्मचारीहरूको का.स.मू. फारामहरू सरकारी कागजात धुल्याउने नियम, २०२७ को प्रावधान अनुसार धुल्याउने,
  • कुनै खास विषयमा अधिकार प्राप्त अधिकारीले तोकेको काम सम्पन्न (भ्रमण, बैठक, अध्ययन, अनुसन्धान आदि) भैसकेपछि सम्बन्धित महाशाखा प्रमुखलाई सम्वोधन गरी प्रतिवेदन गर्ने, गराउने।