योजना तथा विकास सहायता समन्वय महाशाखाको कार्य विवरण

  • स्थानीय तहका पदाधिकारी र कर्मचारीहरूको वैदेशिक भ्रमण सम्वन्धी नीति, कानून र मापदण्ड निर्धारण र समन्वय सम्वन्धी कार्य,
  • मन्त्रालयसँग सम्बन्धित राष्ट्रिय, अन्तर्राष्ट्रिय संघसंस्थासँग सन्धि, सम्झौता, अभिसन्धि, सम्पर्क र समन्वय सम्वन्धी कार्य,
  • योजना तथा अन्तर्राष्ट्रिय सहयोग सम्वन्धी नीति, कानून, योजना तथा कार्यक्रम निर्माण तथा समन्वय,
  • स्थानीय तहमा बैदेशिक सहायता परिचालनमा समन्वय तथा नियमन सम्वन्धी,
  • मन्त्रालय र अन्तर्गत निकायको लागि आवधिक तथा रणनैतिक योजना, मध्यमकालीन खर्च संरचना तथा वार्षिक बजेट र कार्यक्रम सम्वन्धी कार्य,
  • स्थानीय तहको आवधिक, बार्षिक, रणनीतिक तथा अन्य विकास योजना सम्वन्धी कार्यमा समन्वय तथा सहजीकरण सम्वन्धी कार्य,
  • संघ, प्रदेश र स्थानीय तहबीचको योजना प्रणालीबीच समन्वय र तादाम्यता सम्वन्धी कार्य,
  • नेपाल सरकारबाट स्थानीय तहलाई प्रदान गरिने अनुदान सम्बन्धमा समन्वय सम्वन्धी कार्य,
  • अन्तर सरकारी वित्तिय सम्बन्ध सुदृढीकरणमा समन्वय तथा स्थानीय सरकारको वित्तिय ढाँचा निर्माणको नमुना विकास सम्वन्धी कार्य,
  • अन्तर-स्थानीय तह विकास योजना, परियोजना र कार्यक्रमको समन्वय र सहजीकरण सम्वन्धी कार्य,
  • स्थानीय तहको योजना प्रणालीमा विषयगत मन्त्रालयसँगको सम्पर्क, सहयोग तथा समन्वय सम्वन्धी कार्य,
  • विकास सहायता नीति अन्तर्गत स्थानीय तहमा अन्तर्राष्ट्रिय सहयोग परिचालनमा समन्वय र सहजीकरण सम्वन्धी कार्य,
  • स्थानीय तहको अन्य मुलुकका स्थानीय तहसँगको भगिनी सम्बन्ध विस्तार सम्वन्धी कार्य,
  • विशेष, संरक्षित तथा स्वायत्त क्षेत्र र पिछडिएको क्षेत्रको विकास व्यवस्थापन सम्वन्धी कार्य,
  • स्थानीय तहको वस्तुगत विवरण, योजनागत तथ्यांक, प्रगति समीक्षा र प्रतिवेदन सम्वन्धी कार्यको अभिलेखिकरण र समन्वय सम्वन्धी कार्य,
  • अनुगमन तथा मूल्याङ्कन सम्वन्धी नीति, कानून, मापदण्ड र कार्यक्रम तर्जुमा एवम् कार्यान्वयनमा समन्वय सम्वन्धी कार्य,
  • अनुगमन तथा मूल्याङ्कनका सूचकहरूको आधारमा कार्यक्रम र आयोजनाको नियमित अनुगमन एवं मूल्याङ्कन सम्वन्धी कार्य,
  • आयोजना कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न मन्त्रालयस्तरीय समस्या समाधान समिति सम्वन्धी कार्य,
  • भूउपयोग र वस्ती विकास योजना कार्यान्वयनमा समन्वय सम्वन्धी कार्य,
  • सूचना, अभिलेख तथा विद्युत्तीय शासन सम्वन्धी नीति, कानून, योजना, कार्यक्रम तथा समन्वय सम्वन्धी कार्य,
  • सूचना सङ्कलन, संग्रह, अभिलेख र प्रकाशन सम्वन्धी कार्य,
  • मन्त्रालयमा आधुनिक सूचना प्रविधिको विकास र उपयोग सम्वन्धी कार्य,
  • सहकारी सम्बन्धी राष्ट्रिय नीति, कानुन र मापदण्ड निर्माण गर्ने,
  • सहकारीसम्बन्धी राष्ट्रिय नीति, कानुन र मापदण्ड;
  • सहकारी बैङ्कसम्बन्धी;
  • सहकारीसम्बन्धी राष्ट्रिय तथ्याङ्क व्यवस्थापन, अध्ययन, अनुसन्धान र अनुगमन;
  • सहकारीसम्बन्धी राष्ट्रिय संघसंस्थासँग सम्बन्ध र अन्तर प्रादेशिक समन्वय;
  • सहकारीमार्फत हुने बचत तथा ऋण परिचालनसम्बन्धी मापदण्ड र नियमन;
  • अन्तर्राष्ट्रिय सहकारी सङ्गठनसँग सहयोग, समन्वय र सम्पर्क
  • तोकिए बमोजिमका अन्य कार्यहरू ।