पुस्तकालय शाखाको कार्य विवरण

  • संकलित पाठ्य सामाग्रीहरूको वर्गीकरण, सूचीकरण लगायतका प्राविधिक कार्यहरू गर्ने,
  • वर्गीकरण, सूचीकरण भएका सामाग्रीहरूको समय समयमा ग्रन्थसूची तयार गर्ने,
  • विभिन्न मन्त्रालय, विभाग, कार्यालय तथा संस्थावाट प्रकाशित प्रकाशनहरू नियमित रुपमा झिकाई अध्ययनको लागि उपलब्ध गराउने,
  • पुस्तकालयको विकासको लागि योजना तथा कार्यक्रम बनाउने,
  • पत्रपत्रिका तथा आवश्यक अध्ययन सामाग्रीको व्यवस्था गर्ने,
  • पुस्तकालयमा वाचनालयको उचित प्रबन्ध गर्ने,
  • पुस्तकालयलाई अटोमेशन तथा र्इ-पुस्तकालय सञ्चालन गर्ने सम्वन्धी कार्य गर्ने,
  • मन्त्रालयका गतिविधि सम्वन्धी श्रव्य दृश्य साधनहरूलाई वैज्ञानिक ढंङ्गले व्यवस्थित गरी अद्यावधिक गरी राख्ने,
  • प्रशासनिक गतिविधिसँग सम्बन्धित सामग्रीहरूको सङ्कलन गरी संग्राहालयको रुपमा व्यवस्थित गर्ने,
  • पुस्तकालय पहुँच सम्वन्धी दक्षता तथा क्षमता अभिबृद्धिमा आवश्यक सहयोग गर्ने,
  • पुस्तकालयलाई उपलब्ध हुने विभिन्न अध्ययन सामाग्रीहरूको समुचित व्यवस्था गर्ने,
  • विभिन्न देशका कानूनहरू, जर्नलहरू व्यवस्थित गरी राख्ने तथा सन्धी सम्झौताहरूको अभिलेख राख्ने,
  • अध्ययन र अनुसन्धानको लागि विभिन्न सामाग्रीहरू तयार गरी राख्ने,
  • वार्षिक रुपमा खरीद गर्नुपर्ने पुस्तक तथा पत्रपत्रिकाहरूको सूची तयार गर्ने,
  • पुस्तकालयमा रहेका पुस्तकहरूको विषयगत तथा लेखक अनुसार क्याटलगिङ्ग गर्ने गराउने,
  • विभिन्न श्रव्य दृश्य साधनहरू तथा प्राप्त उपहारहरू सङ्कलन गरी सुरक्षित राख्ने,
  • पुतकालय व्यवस्थापनका लागि तोकिए बमोजिमका अन्य कार्यहरू गर्ने ।