विकास सहायता समन्वय शाखाको कार्य विवरण
- मन्त्रालय सम्वन्धी राष्ट्रिय, अन्तर्राष्ट्रिय संघसंस्थासँग सन्धि, सम्झौता, अभिसन्धिको अभिलेखाङ्कन, प्रतिवेदन, सम्पर्क र समन्वय सम्वन्धी कार्य,
- विकास सहायता सम्वन्धी नीति, कानून, योजना तथा कार्यक्रम निर्माण तथा समन्वय सम्वन्धी कार्य,
- अन्तर्राष्ट्रिय सहयोग सम्वन्धी नीति बमोजिम मन्त्रालय आवद्ध कार्यक्षेत्रसँग अन्तर्राष्ट्रिय सहायता सम्वन्धी नीतिगत अध्ययन, अनुसन्धान र विश्लेषण सम्वन्धी कार्य,
- स्थानीय तहमा अन्तराष्ट्रिय सहयोग परिचालनमा समन्वय र सहजीकरण सम्वन्धी कार्य,
- अर्थ मन्त्रालयसँग समन्वय गरी स्थानीय विकासको लागि वैदेशिक सहयोग नीति र प्राथमिकता तय गर्ने सम्वन्धी कार्य,
- स्थानीय तहका पदाधिकारी र कर्मचारीहरूको वैदेशिक भ्रमण मनोनयन भिषा सम्वन्धी कार्य,
- विकास सहायता अन्तर्गत मन्त्रालयको समन्वयमा प्रदेश एवं स्थानीय तहमा सञ्चालित आयोजना तथा कार्यक्रमहरूको अनुगमन तथा निरीक्षण,
- नेपाल सरकारसंग सम्झौता भई विभिन्न स्थानीय तह, प्रदेश तथा आयोजनामा कार्यरत विदेशी दक्ष श्रमिक तथा विशेषज्ञहरूको अद्यावधिक विवरण तयार गर्ने र तिनीहरूबाट सम्पादित कार्यको आवधिक मुल्याङ्कन गर्ने,
- अन्तराष्ट्रिय सहायता वा प्राविधिक सहयोगबाट प्राप्त सामानहरूको हस्तान्तरण सम्वन्धी कार्य,
- मन्त्रालय तथा स्थानीय तहमा अन्तराष्ट्रिय सहायताबाट सञ्चालित विकास परियोजनाहरूको कार्यान्वयनमा आवश्यक समन्वय गर्ने सम्वन्धी कार्य,
- स्थानीय तहहरूको अन्य मुलुकका स्थानीय तहसँगको भगिनी/मितेरी/साँस्कृतिक सम्बन्ध स्थापना र व्यवस्थित गर्ने सम्वन्धी कार्य,
- अन्तराष्ट्रिय विकास सहायता अन्तर्गत संचालित कार्यक्रम/आयोजना सञ्चालनमा मन्त्रालयसँग सम्बद्ध निकायको सम्पर्क इकार्इ सम्वन्धी कार्य,
- अन्तराष्ट्रिय विकास सहायता अन्तर्गत सञ्चालन हुने आयोजना/परियोजनाहरूसँग सम्बन्धित वैदेशिक भ्रमण तथा विषयगत सम्पर्क बिन्दुको रुपमा रहेका कर्मचारीहरूको बैदेशिक भ्रमण सम्वन्धी कार्य,
- अन्तराष्ट्रिय विकास सहायता अन्तर्गत सञ्चालन हुने आयोजना/परियोजनाहरूको अवधारणा तयारी, परियोजना कागजात तयारी एवं कार्यान्वयन तथा अनुगमन सम्वन्धी कार्य,
- नेपाल सरकारसँग सम्झौता भई मन्त्रालय अन्तर्गतका निकाय एवं स्थानीय तहमा मन्त्रालयको कार्यक्षेत्रसँग सम्बद्ध परियोजनामा कार्यरत विदेशी विशेषज्ञ एवं दक्ष श्रमिकको कार्यसहमती एवं भिसा सिफरिश सम्वन्धी कार्य,
- स्थानीय तहमा विदेशी स्वयंसेवक परिचालनका लागि कार्य सहमति र भिसाको सिफारिस सम्वन्धी कार्य,
- शाखासँग सम्बन्धित नेपाल सरकारको नीति तथा कार्यक्रम, आवधिक योजना तथा बार्षिक बजेट कार्यान्वयन, सञ्चालन र आवश्यक विवरण तयारी सम्वन्धी कार्य ।