आन्तरिक व्यवस्थापन शाखाको कार्य विवरण
1. आन्तरिक व्यवस्थापन सम्बन्धीः
- मन्त्रालयमा कार्यरत कर्मचारीहरूको व्यवस्थापन सम्वन्धी कार्य,
- मन्त्रालयका कर्मचारीहरूको कार्य जिम्मेवारी तोक्न तथा कार्य विवरण लागू गर्न सिफारिस गर्ने,
- मन्त्रालयको भवन मेशिनरी लगायत सबै साधनको मर्मत सम्भार लिलाम मिनाहा र कार्यालय सरसफार्इ सम्वन्धी कार्य,
- मन्त्रालय र अन्तर्गतका सामग्रीहरूको खरिद भण्डारण र व्यवस्थापन सम्वन्धी कार्य,
- मन्त्रालयको आन्तरिक बजेट व्यवस्थापन सम्वन्धी कार्य,
- सवारी साधनको व्यवस्थापन सम्वन्धी कार्य,
- मन्त्रालयका मन्त्री र सचिवको सचिवालय व्यवस्थापन सम्वन्धी कार्य,
- मन्त्रालय/आयोजनाको जिन्सी निरीक्षण प्रतिवेदन तयार तथा नियमानुसार लिलाम बिक्री एवं कागज धुल्याउने कार्य,
- मन्त्रालय र अन्तर्गत कार्यरत कर्मचारीहरूको कार्य सम्पादन मूल्याङ्कन सम्वन्धी कार्य,
- मन्त्रालय र अन्तर्गतका कर्मचारीहरूको पुरस्कार सम्वन्धी कार्य,
- अन्तराष्ट्रिय सहायता वा प्राविधिक सहयोगबाट प्राप्त समानहरूको जिन्सी व्यवस्थापन,
- मन्त्रालय वा अन्तर्गतका आयोजनाहरूको अस्थायी दरवन्दी सिर्जना सम्वन्धी कार्य,
- मन्त्रालयका शाखामा कर्मचारीहरूलाई दिइने पुरस्कार एवं विभागीय सजाय सिफारिस सम्वन्धी,
- मन्त्रालय र अन्तर्गतका कर्मचारीहरूको अर्धवार्षिक एवं वार्षिक कार्य सम्पादन मूल्यांङ्कन सम्वन्धी कार्य,
- मातहतका कार्यालयहरूको व्यवस्थापकीय निरीक्षण एवं निर्देशन दिने सम्वन्धी कार्य,
- मन्त्रालयमा अधिकार प्रत्यायोजन सम्वन्धी कार्यहरू,
- सार्वजनिक खरिद ऐन, र तत्सम्वन्धी नियमावली अनुसार सार्वजनिक खरिद सम्वन्धी कार्य र सार्वजनिक खरिद इकाइ तथा बोलपत्र मूल्याकंन समितिको सचिवालयको रुपमा कार्य गर्ने,
- जिन्सी निरीक्षण र व्यवस्थापन सम्वन्धी कार्यहरू,
- मन्त्रालयको भौतिक सम्पत्तिको सुरक्षा एवं मर्मत संभार, लिलाम, मिन्हा र सरसफाई कायम राख्ने सम्वन्धी कार्य,
- मन्त्रालयका विद्युतीय उपकरणहरू तथा गाडीहरूको सुरक्षा, मर्मत एवं व्यवस्थापन सम्वन्धी कार्य,
- मेशीन, उपकरण सार्वजनिक खरिद गर्दा अपनाउनु पर्ने मापदण्ड निर्धारण सम्वन्धी कार्य,
- मन्त्रालयबाट तर्जुमा गरिएका निर्देशिका लगायतका सामाग्रीहरू छपाई गर्ने गराउने,
- जग्गा तथा अन्य अचल सम्पत्तिको सुरक्षा सम्वन्धी कार्यहरू,
- मन्त्रालयका सम्पूर्ण सम्पत्तिको सुरक्षा तथा प्रवर्द्धन गर्ने कार्य,
- मन्त्रालय मातहत विभाग तथा कार्यालयहरुबाट संचालित परियोजना तथा आयोजनाहरुको उठती राजश्व, मुद्दा पर्छयौट स्थिति र कार्य प्रगति समेतको अभिलेख अद्यावधिक राख्ने।
- मन्त्रालयको भण्डार सञ्चालन कार्य,
- मन्त्रालयमा मासिक बैठक आयोजना गर्ने,
- एकिकृत परिवहन सेवाको समन्वय र सञ्चालन सम्वन्धी कार्य गर्ने,
- अन्य शाखामा नतोकिएका भैपरी आउने कार्यहरू,
- अन्तरशाखा समन्वय सम्वन्धी कार्य ।
2. कर्मचारी समायोजन/मिलान सम्बन्धीः
- कर्मचारी समायोजन सम्वन्धी तथ्याङ्क सङ्कलन एवं समायोजन सम्वन्धी कार्य गर्ने,
- कर्मचारी समायोजन संशोधन/सुधार निवेदन सङ्कलन र इन्ट्रि गर्ने र समायोजन संशोधनका लागि पेश गर्ने,
- समायोजन भएका, समायोजन संशोधन भएका र समायोजन छुट भएका र समायोजन पश्चात हाजिर हुन नसकेका र हाजिर नगराइएका कर्मचारीहरूको विवरण सङ्कलन गर्ने, डाटा इन्ट्रि गर्ने,
- सम्बन्धित तहको सहमतीका आधारमा कर्मचारी समायोजन सुधारका लागि पेश गर्ने,
- मेडिकल बोर्डको सिफारिस पेश गरेका कर्मचारीहरूको गुनासो सम्बोधन गर्ने,
- कर्मचारी समायोजन सम्वन्धी समस्या समाधानका लागि सवालहरू तयार गरी कर्मचारी समायोजन निर्देशन समितिमा पेश गर्ने,
- कर्मचारी समायोजन सम्वन्धी अदालत र अख्तियार दुरुपयोग अनुसन्धन आयोगबाट प्राप्त पत्रको जवाफ तयार गर्ने।
3. भण्डार कक्ष
- वार्षिक खरिद योजना तयार गर्ने,
- स्वीकृत वजेट तथा खरिद योजनाको अधिनमा रही नियमानुसारका प्रकृया अवलम्वन गरी आवश्यकता अनुसारका वस्तु तथा सेवा खरिद गर्ने,
- खरिद गरिएका सामानहरू स्वीकृत माग फाराम तथा लिलामी निर्णयका आधारमा खर्चको रेकर्ड अद्यावधिक गर्ने,
- नियमानुसार जिन्सी निरीक्षण सम्वन्धि कार्य गर्ने,
- लिलाम सम्वन्धि कार्य गर्ने,
- कुनै खास विषयमा अधिकार प्राप्त अधिकारीले तोकेको काम सम्पन्न (भ्रमण, बैठक, अध्ययन, अनुसन्धान आदि) भैसकेपछि सम्बन्धित महाशाखा प्रमुखलाई सम्वोधन गरी प्रतिवेदन गर्ने, गराउने।
3. दर्ता चलानी
- विभिन्न मन्त्रालय, सचिवालय, विभाग वा कार्यालयबाट प्राप्त पत्र दर्ता गर्ने,
- विभिन्न कर्मचारी वा सरोकारवालाले मन्त्रालयलाई सम्वोधन गरी दिएको निवेदन दर्ता गर्ने,
- दर्ता प्रयोजनको लागि दर्ता प्रणाली कम्प्यूटर मार्फत सञ्चालन गर्ने,
- दर्ता गर्ने प्रयोजनका लागि संचालित कम्प्यूटर प्रणालीमा अवरोध भएमा रजिष्टरमा दर्ता गर्ने,
- भूलवस प्राप्त अन्य निकायका चिठीपत्र सम्वन्धित मन्त्रालय/सचिवालय/विभागमा फिर्ता पुर्याउने,
- मन्त्रालयको शाखाहरूको बारेमा जानकारी गराउने,
- टेलिफोन उठाउने र सोधिएको बारेमा जानकारी गराउने,
- मन्त्रालयका विभिन्न पत्रहरू चलानी गर्ने,
- चलानी गरिएका चिठीपत्र बुझाउने,
- कुनै खास विषयमा अधिकार प्राप्त अधिकारीले तोकेको काम सम्पन्न (भ्रमण बैठक अध्ययन अनुसन्धान आदि) भैसकेपछि सम्वन्धित महाशाखा प्रमुखलाई सम्वोधन गरी प्रतिवेदन गर्ने गराउने ।
- दर्ता भई आएका पत्रहरूको स्क्यानिङ गरी दर्ता नम्बरका आधारमा फाइल तयार गर्ने,
- स्क्यान भैसकेका पत्रहरू वर्गीकरण गर्ने र पत्रहरूको दर्ता अनुसार क्रममा मिलाएर राख्ने,
- पत्र अनुसार कम्प्युटरमा विवरण रुजु गर्ने र आवश्यकता अनुसार सच्याउने,
- पत्रहरूको विषयानुसार पेश गर्नुपर्ने तह, महाशाखा, शाखाहरू पहिचान गरी फरवार्ड गर्ने,
- विभिन्न महाशाखा, शाखामा फरवार्ड गरिएका पत्रहरूको अभिलेख व्यवस्थापन गर्ने,
- मन्त्रालयमा आएका सेवाग्राहीहरूलाई आवश्यक सूचना तथा जानकारीहरू उपलब्ध गराउने,
- मन्त्रालयमा विभिन्न समयमा हुने बैठकको जानकारी महाशाखा र शाखाहरूमा टेलिफोन वा मौखिक रुपमा गर्ने,
- विभिन्न ठाँउबाट आएका फोनहरू उठाई आवश्यक सूचना तथा जानकारी प्रवाह गर्ने,
- सेवाग्राहीको माग बमोजिम मन्त्रालयका महाशाखा वा शाखाका अधिकारीहरूसँग फोन सम्पर्क गराउने।
5. अतिरिक्त समूह व्यवस्थापन सम्बन्धीः
- मन्त्रालयमा, अतिरिक्त समूहका कर्मचारीहरूको व्यवस्थापन सम्बन्धी कार्य सम्पादन गर्ने,
- अतिरिक्त समूहका कर्मचारीहरूको अभिलेख व्यवस्थापन सम्बन्धी कार्य गर्ने,
- कर्मचारी प्रशासन शाखासंगको प्रत्यक्ष नियन्त्रण एवं आन्तरिक व्यवस्थापन शाखासंगको समन्वयमा अतिरिक्त समूहका कर्मचारीहरूलाई कामकाज लगाउने,
- अतिरिक्त समूह व्यवस्थापन सम्वन्धी तोकिएका अन्य कार्यहरू