मानव संसाधन तथा कर्मचारी कल्याण शाखाको कार्य विवरण
- संसद सेवा, स्वास्थ्य सेवा र न्याय सेवा बाहेकका सेवाहरूमा रिक्त रहेका राजपत्रांकित पदहरूको लगत विज्ञापनको लागि लोक सेवा आयोगमा पठाउने,
- कर्मचारीहरूको वैदेशिक भ्रमण सम्वन्धी नीति, कानून र मापदण्ड निर्धारण सम्वन्धी कार्य,
- जनशक्ति विकासको लागि स्वदेशी तथा वैदेशिक अध्ययन, तालीम सम्वन्धी छात्रवृत्ति समितिको सचिवालय सम्वन्धी कार्य गर्ने,
- निजामती सेवाका कर्मचारीहरूलाई तालीमको आवश्यकता सम्वन्धी सर्वेक्षण र अधययन,
- नेपाल सरकारका विभिन्न सेवाका कर्मचारीहरूलाई विभिन्न तालीम संस्थाहरू मार्फत सेवा प्रवेश र सेवाकालीन तालीमको प्रवन्ध गर्ने,
- नेपाल सरकारका विभिन्न निकायहरूबाट संचालित तालीमसम्वन्धी आवश्यक योजना कार्यक्रम तथा प्रशिक्षण विधि र पाठ्यक्रमसंग सम्बन्धित नीति निर्धारण,
- कर्मचारीहरूको वृत्ति विकास सम्वन्धी अध्ययन,अनुसन्धान र सुझाव सम्वन्धी कार्यहरू,
- निजामती सेवाका लागि आवधिक रुपमा जनशक्ति योजना तर्जुमा र विकास सम्वन्धी कार्यहरू,
- नेपाल सरकारका विभिन्न निकायहरूवाट संचालित तालीम कार्यक्रमहरूको बीच समन्वय र अनुगमन,
- विभिन्न तालिम संस्थाहरूवाट संचालित तालिम कार्यक्रमहरूको स्तर निर्धारण,
- राष्ट्रिय तालिम नीति सम्वन्धी कार्यहरू,
- भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र कार्यरत कर्मचारीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा अध्ययन, तालिममा जान मनोनयन,पूर्व स्वीकृति र विदा सिफारिस सम्वन्धी कार्य,
- STAFF college सम्वन्धी कार्य,
- कुनै पनि समुह वा पदको लागि आवश्यक न्यूनतम शैक्ष्कि योग्यता र पाठ्यक्रम सम्वन्धी लोक सेवा आयोगमा परामर्श उपलव्ध गराउने,
- निजामती कर्मचारीहरूको सुविधा एवं कल्याण सम्बन्धमा नीति कानून योजना कार्यक्रम तथा कार्यान्वयन सम्वन्धी कार्य र सोको अध्ययन अनुसन्धान,
- निजामती कर्मचारीहरूको सुविधा एवं कल्याण सम्बन्धमा अध्ययन, अनुसन्धान र सुझाव,
- नियम बमोजिम कर्मचारीहरूले पाउने सुविधा र सहुलियत प्रदान गर्न आवश्यक वैठकहरू वोलाउने, बैठकहरूमा मन्त्रालयको प्रतिनिधित्व गर्ने, मन्त्रालयको तर्फवाट आधिकारिक राय दिने,
- औषधि उपचार लगायतका थप आर्थिक सहायता प्रदान गर्ने सम्बन्धमा सहजीकरण गर्ने,
- सरकारी कामको सिलसिलामा चोटपटक वा मृत्यु भएका तथा कडा रोग लागेका निजामती कर्मचारीहरूलार्इ प्रदान गर्ने सेवा सुविधा सम्वन्धी कार्य गर्ने,
- कर्मचारी कल्याण सम्वन्धी विभिन्न कार्यक्रमहरूको समन्वय, सहजीकरण, कार्यान्वयन र अनुगमन गर्ने,
- निजामती कर्मचारी सन्तती छात्रवृत्ती समितिको सचिवालयको काम गर्ने,
- निजामती कर्मचारीको स्वास्थ्य बिमा सम्वन्धी कार्य गर्ने,
- निजामती सेवा दिवस तथा निजामती कर्मचारीलार्इ दिइने पुरस्कार सम्वन्धी कार्य,
- सेवा निवृत कर्मचारीको हक हित सम्वन्धी कार्य गर्ने,
- निजमती कर्मचारी आवसीय विद्यालय, निजामती कर्मचारी आवास र शैक्षिक प्रोत्साहन बृत्ति सम्वन्धी कार्य गर्ने,
- कर्मचारी कल्याण कोष तथा हकहित र कल्याण सम्वन्धी कार्य गर्ने,
- निजामती कर्मचारी अस्पतालको सम्पर्क शाखाको कार्य गर्ने,
- कुनै खास बिषयमा अधिकार प्राप्त अधिकारीले तोकेको काम सम्पन्न (भ्रमण,बैठक,अध्ययन, अनुसन्धान,आदि) भैसकेपछि सम्वन्धित महाशाखा प्रमुखलाई सम्बोधन गरी प्रतिवेदन गर्ने,गराउने।