सङ्घीय मामिला तथा स्थानीय तह स्रोत परिचालन शाखाको कार्य विवरण

  • संघ र स्थानीय तथा प्रदेश र स्थानीय तहबीचको कानून,नीति र मापदण्ड सम्बन्धी कार्य,
  • गाउँपालिका तथा नगरपालिकाको संख्या, सीमाना, वडा र केन्द्र निर्धारण तथा हेरफेर र नामाकरण सम्बन्धी नीति, मापदण्ड, कार्यान्वयन र सहजिकरण सम्बन्धी कार्य,
  • विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या, सीमाना र संरचना सम्बन्धी नीति, कानून तथा मापदण्ड सम्बन्धी कार्य,
  • गाउँपालिका र नगरपालिकाको लागि आवश्यक नमूना कानूनको ढाँचा तयार गरी उपलब्ध गराउने कार्य,
  • विषयगत मन्त्रालय तथा सङ्घीय निकायबाट तर्जुमा हुने स्थानीय तहसँग सम्बन्धित कानूनमा राय, प्रतिक्रिया दिने,
  • सङ्घीयता कार्यान्वयनमा आवश्यक समन्वय र सहजीकरण सम्बन्धी कार्य,
  • सङ्घीय शासन व्यवस्था सम्बन्धी अध्ययन, अनुसन्धान तथा असल अभ्यासहरूको आदान प्रदान सम्बन्धी कार्य,
  • प्रदेश र स्थानीय तहबीचको विवाद एवम् समस्या समाधानमा समन्वय र सहजीकरण सम्बन्धी कार्य,
  • प्रदेश र विषयगत मन्त्रालयसँगको सम्पर्क, सहयोग तथा समन्वय सम्बन्धी कार्य,
  • नेपाल सरकारको तर्फबाट सङ्घीय शासन प्रणालीका सम्बन्धमा अन्तर्राष्ट्रिय फोरमहरूमा जनाइने प्रतिवद्धता र समझदारीहरूका सम्बन्धमा सम्बन्धित निकायहरूको समन्वयमा कार्ययोजना वनाई कार्यान्वयन गर्ने,
  • प्रदेश र स्थानीय तह सम्बन्धी अभिलेख (स्थानीय तहका पदाधिकारीको विवरण तथा स्थानीय कानून एवं राजपत्र) व्यवस्थापन सम्बन्धी कार्य,
  • सङ्घीयता सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासहरूको सङ्कलन र प्रचारप्रसार सम्बन्धी कार्य,
  • संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, 2077 अनुसार यस मन्त्रालयसँग सम्बन्धित विषयगत समितिको सचिवालयको रुपमा कार्य गर्ने,
  • संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, 2077 अनुसार विषयगत समितिको बैठकबाट भएका निर्णयहरू कार्यान्वयन गर्ने/गराउने तथा निर्णय कार्यान्वयनका लागि प्रदेश तथा स्थानीय तहहरूसँग समन्वय गर्ने,
  • सङ्घीय मामिला अध्ययन स्रोत केन्द्र सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्य,
  • निर्वाचन आयोग, राष्ट्रिय मानवअधिकार आयोगको सम्पर्क शाखाको रुपमा कार्य गर्ने,
  • प्रदेश र स्थानीय तहको आन्तरिक श्रोत साधनको पहिचान र परिचालन सम्बन्धी नीति, कानून, मापदण्ड सम्वन्धी सहजिकरण तथा समन्वय गर्ने,
  • प्रदेश र स्थानीय राजश्व परिचालन सम्बन्धी नीतिगत, अध्ययन अनुसन्धान तथा विश्लेषण सम्बन्धी कार्य
  • प्रदेश र स्थानीय राजस्वको आधार विस्तार, प्रोत्साहन र प्रवर्धन गर्ने,
  • प्रदेश र स्थानीय राजस्व सूचना तथा तथ्यांक आदान प्रदान प्रणाली विकास, अनुसन्धान र प्रकाशन,
  • अन्तर सरकारी वित्तिय सम्वन्ध सुदृढीकरणमा समन्वयतथा स्थानीय सरकारको वित्तिय ढाँचा निर्माणको नमुना विकास सम्बन्धी कार्य गर्ने,
  • प्रदेश र स्थानीय आर्थिक विकास सम्वन्धी कार्य गर्ने,
  • प्रदेश र स्थानीय तहका राजश्व परिचालन क्षमतामा लेखाजोखा र सुधार सम्बन्धी कार्य गर्ने,
  • राजश्व परिचालनमा स्थानीय तहमा उत्कृष्ट देखिएका कार्यको अन्य स्थानीय तहसँग अनुभव आदान प्रदान गर्ने,
  • प्रदेश र स्थानीय तहका राजश्व परिचालनमा भएका विवाद समाधानका लागि समन्वय गर्ने,
  • प्रदेश र स्थानीय तहलाई नेपाल सरकारबाट प्रदान गर्ने अनुदान रकम वाँडफाँडको मापदण्ड निर्धारण र वितरणसम्वन्धी कार्यमा समन्वय र सहजीकरण गर्ने,
  • प्रदेश र स्थानीय राजस्वको मुल्याङकन सम्बन्धी कार्य गर्ने,
  • वातावरणीय परीक्षण गर्नुपर्ने प्राकृतिक स्रोत बाहेकका विषयमा स्थानीय कर तथा शुल्क सम्बन्धी कार्यमा समन्वय गर्ने,
  • प्रदेश र स्थानीय तहको प्राकृतिक श्रोत साधन सम्बन्धी कर तथा राजस्व व्यवस्थापनमा सहयोग र समन्वय गर्ने,
  • प्रदेश र स्थानीय तहले लिने ऋण प्राप्तीमा समन्वय एवं सहजीकरण गर्ने,
  • प्रदेश र स्थानीय तहमा वित्तीय सुशासन जोखिम कार्यान्वयन कार्य योजना कार्यान्वयन गर्न सहयोग गर्ने,
  • प्रदेश र स्थानीय तहमा करका नयाँ क्षेत्रहरू पहिचान गरी कार्यान्वयनमा ल्याउन सहजिकरण गर्ने,
  • केन्द्र, प्रदेश र स्थानीय तह बीच हुने राजश्व बाँडफाँडमा समन्वय गर्ने,
  • शासकीय नवप्रवर्तन चुनौती कोष सम्वन्धी,
  • तोकिए बमोजिमका अन्य कार्यहरू गर्ने।