यस शाखाका मुख्य कार्यहरू :
- मुक्त कमैया तथा हलियाको पुनस्थार्पन एवम् वृत्ति विकासको लागि आवश्यक नीति नियमको तर्जुमा गर्ने र सोको लागि सञ्चालन गरीने कार्यक्रमहरु तर्जुमा गर्ने र उक्त कार्यक्रमहरु कार्यान्वयन गर्ने गराउने।
- सुकुम्वासी तथा अव्यवस्थित बसोवासी लगायतको समस्या समाधानका लागि दीगो नीति तर्जुमा गर्नुका साथै आवश्यक र सम्बन्धीत कार्यक्रमहरु समेत सञ्चालन गर्ने।
- जिल्लास्तरमा सञ्चालित कार्यक्रमहरुको आवश्यकतानुसार अनुगमन गरी आवश्यक निर्देशन दिने एवम् समन्वय गर्ने।
- अन्तर्राष्ट्रिय गैर सरकारी सघं संस्था तथा दातृ निकायसँग समन्वय गरी मुक्त कमैया/हलिया लगायत भूमिहीन जनताको पुनर्स्थापन तथा वृत्ति विकासका कार्यक्रमहरु सञ्चालन गर्न पहल गर्ने।
- शाखाबाट सञ्चालन हुने काम कारवाहीको सम्बन्धमा आवश्यकतानुसार सम्बन्धीत मन्त्रालय, विभाग वा कार्यालयहरुमा पत्र लेख्ने तथा ताकेता गर्ने।
- मुक्त कमैया तथा हलियाको पुनर्स्थापन एवम् सुकुम्वासी समस्या समाधान सम्बन्धी विषयमा सम्बन्धीत निकायमा आवश्यकतानुसार पत्राचार गर्ने र मन्त्रालयमा प्रस्तुत हुन आउने विषयमा आवश्यक कारवाही गर्ने,
- मुक्त कमैया, हलिया लगायत भूमिहीन सम्बन्धी योजना कार्यक्रम तथा वजेटको तर्जुमा तथा कार्यान्वयन गर्ने।
- नेपाल सरकार (मन्त्रिपरिषद्) मा निर्णयार्थ प्रस्तुत गरीने विषयमा प्रस्तावको मस्यौदा तयार गरी पेश गर्ने।
- यस शाखालाई तोकिएका र निर्दिष्ट गरीएका अन्य कार्यहरु गर्ने।