यस शाखाबाट सम्पादन हुने कार्यहरू :
- जग्गाको हदवन्दी सम्बन्धी मुद्धा मामिला फर्छ्यौट गर्न आवश्यक व्यवस्था मिलाउने।
- जग्गाधनी एवम् मोहीबीच द्वैध स्वामित्व अन्त्य गराउने सम्बन्धी नीति तर्जुमा गर्ने गराउने।
- जग्गा प्रशासन र गुठी जग्गासँग सम्वन्धित ऐन, नियममा समयानुकूल सुधार गर्न आवश्यक सहयोग पुर्याउने।
- गुठीको सम्पत्ति संरक्षण, सम्वर्द्धन एवम् विकास र अक्षयकोषको समुचित परिचालनका लागि र गुठी संस्थानलाई समय सापेक्ष सुदृढ, सक्षम एवम् चुस्त दुरुस्त वनाउन आवश्यक नीति एवम् कार्यक्रमको तर्जुमा गर्ने।
- गुठी संस्थानको भौतिक एवम् मानवीय स्रोत परिचालन नीति तय गर्न मद्दत गर्ने।
- गुठी सम्बन्धमा पर्न आएका निवेदनहरुको कार्यान्वयनकालागि गुठी संस्थानमा लेखी पठाउने।
- प्रचलित गुठी सम्बन्धी ऐन नियम एवम् नीति अनुरुप गुठी र अन्तर्गत निकायको निरीक्षण अवलोकन गर्ने।
- गुठी जग्गाको सम्बन्धमा पर्न आएका समस्याहरुको समाधानकालागि प्रचलित कानून बमोजिम समाधान गर्ने गराउने।
- गुठी र मातहत निकायबाट निर्देशन माग भै आएका गुठी जग्गा सम्बन्धी समस्याहरुको विषयमा नीतिगत व्यवस्थाका लागि आवश्यक पहल गरी प्रचलित नीति कानून र निर्णय बमोजिम कार्यान्वयन गर्ने,गराउने।
- शाखासँग सम्वन्धित अभिलेखहरुलाई अद्यावधिक गरी राख्ने।
- यस शाखासँग सम्वन्धित अन्य निर्देशित कार्यहरु गर्ने।